नयाँदिल्ली

पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्य सहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । "/>

भारतीय चालक दलका २२ सदस्य सहितको पानीजहाज बेपत्ता

भारतीय चालक दलका २२ सदस्य सहितको पानीजहाज बेपत्ता

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्य सहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको छ । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबार देखि हराएको आशङ्का गरिएको समाचारमा जनाइएको छ ।

हङ्कङमा कार्यालय रहेको एङलो इस्टर्न जहाज कम्पनीले बिहीबारबाट जहाजसँग सम्पर्क टुटेको जनाएको छ । उसले खोजीका उपायहरु अवलम्बन गरिएको तर पत्ता नलागेको जनाएको छ । उक्त कम्पनीका अधिकारीहरुले आफ्नो पहिलो प्राथमिकता जहाजलाई सुरक्षित अवतरण गर्नु रहेको सो कम्पनीले ट्विटरमा लेखेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरिया मार्फत बेनिन्मा सम्पर्क गरिरहेको तर जहाजको सम्पर्क सुत्र भने अहिले सम्म पनि पत्ता नलागेको जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले पछिल्लो महिना भएको जहाज बेपत्ताको यो दोस्रो घटना भएको जनाएका छन् । गत जनवरीमा पनि यस्तै एक पानीजहाज बेपत्ता भएको थियो । बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहे नरहेको बारेमा भने केही पत्ता लागेको छैन ।
रासस / एएफपी

Skip This
Skip This
Logo