फिल्म ‘लालीबजार’को ‘मायालाई के दिउँ म बैना’ गीत सार्वजनिक [भिडियो]

फिल्म ‘लालीबजार’को ‘मायालाई के दिउँ म बैना’ गीत सार्वजनिक [भिडियो]

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक भएको छ । षट्कोण आर्ट्सको निर्माणमा तयार भएको यस चलचित्रको गीत आज एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।

गीतमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, कलाकार मुकुन्दकुमार श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्। विशेषगरी गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् ।

गीतमा गायिका दीपिका बयाम्बु मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ । संगीत पनि खेम सेन्चुरीकै रहेको छ भने गीतका शब्द रमेश बिजीले लेखेका हुन्। लोक स्वाद मिसिएको यस गीतले चलचित्रको कथावस्तुको झल्को दिन्छ ।

अभिनेत्री स्वस्तिमा खड्काको यस चलचित्रमा देखिने भूमिका उनको नियमित अभिनयभन्दा फरक रहेको बताइएको छ । उनले वादी समुदायका महिलाको कथा उठान गरिएको विषयवस्तुमा काम गर्न पाउनु आफ्नो लागि ठूलो प्रगति भएको बताइन्। यस्तो विषयवस्तुमा आधारित चलचित्रले समाजका वास्तविक कथा दर्शकसम्म पु¥याउने विश्वास उनले व्यक्त गरिन्।

चलचित्र लालीबजार निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको हो। चलचित्रको पटकथा र संवाद निर्देशक यम थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ। यही चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन्।

चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री हुन् भने कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहेका छन्। चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रूवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती र सम्पादक मित्रदेव गुरुङ रहेका छन्। त्यसैगरी प्रोडक्सन हेडमा रूपकप्रताप अधिकारी, कलरमा रेनिश फागो, भिएफएक्समा समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड संगीत र मिक्सिङमा रोहित शाक्य र शैलेश श्रेष्ठ रहेका छन्। कला निर्देशन उमेश चौधरीले गरेका छन् भने पब्लिसिटी डिजाइन रोयल भीमसेन ट्राइडेन्टले गरेका हुन्।

यसैगरी कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायतले गरेकी छन् भने मेकअप काव्या थापाले सम्हालेकी छन् । चलचित्रमा संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

चलचित्र लालीबजार आगामी वर्ष विसं २०८३ वैशाख १८ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । पहिलो गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता झन् बढेको निर्माण पक्षले जनाएको छ ।

Skip This
Skip This
Logo