नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृशोकको कठिन घडीमा पनि पार्टीकाे केन्द्रीय सचिवालयको बैठकमा सहभागी भएका छन् । आफ्ना बुबा मोहनप्रसाद ओलीको निधन भएको भोलिपल्टै उनी भक्तपुरको गुण्डुस्थित निवासमा आयोजना गरिएको सचिवालयको बैठकमा सहभागी भएका हुन् । व्यक्तिगत शोकलाई थाती राख्दै निर्वाचनपछिको समीक्षा र समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउनुपर्ने संवैधानिक समयसीमाको संवेदनशीलतालाई मध्यनजर गर्दै उनी बैठकमा सक्रिय भएका हुन् ।

































प्रतिक्रिया