काठमाडौँ । पशुपतिनाथको प्रचार-प्रसार र आध्यात्मिक पर्यटन विस्तारका उद्देश्यले काठमाडौँमा वृहत् पाशुपत पदयात्रा आयोजना गरिने भएको छ।
तनहुँको देवघाटस्थित महेश-संन्यास आश्रमले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै चैत १५ गतेदेखि ४० दिन लामो राष्ट्रव्यापी पाशुपत परिक्रमा सुरु हुने बताएका छन्।
आयोजक संस्थाका अनुसार पदयात्राका क्रममा देशभरका ६३ सिद्ध स्थल पैदल यात्रा गरेर दर्शन गरिनेछ। चैत १५ गते पशुपति शंकराचार्य मठमा समुद्घाटन, पशुपति पूजन र बागमती-गंगाको विशेष आरती हुने छ भने १६ गते पशुपति क्षेत्रबाट पदयात्राको औपचारिक शुभारम्भ हुने महेश-सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीले बताए।
पदयात्रामा सहभागीहरूले दोलखा भीमसेनको दर्शनपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, जनकपुरलगायतका सिद्ध लिंगको दर्शन गर्नेछन्।
यस कार्यक्रममा नेपाल, भारत र बर्माका साधु-सन्त, धर्माचार्य र श्रद्धालुहरूको पनि सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।





























प्रतिक्रिया