मुगु
मुगु जिल्लाको बिभिन्न गाँउ बस्तीका खोलामा एक बर्ष भित्र १० वटा झोलुङ्गे पुल निमार्ण भएका छन् । जिल्ला सम्वन्वय समिति अन्तर्गत दुर्गम क्षेत्र बिकास समितिबाट २ करोड ९५ लाख लागतमा जिल्लाका बिभिन्न ठाँउमा यो बर्ष मात्रै १० वटा झोलुङ्गे पुल बनाइएको हो । "/>

मुगुमा एक बर्षमा १० वटा झोलुङ्गे पुल निर्माण

मुगुमा एक बर्षमा १० वटा झोलुङ्गे पुल निर्माण

केन्द्रबिन्दु
0
Shares

मुगु
मुगु जिल्लाको बिभिन्न गाँउ बस्तीका खोलामा एक बर्ष भित्र १० वटा झोलुङ्गे पुल निमार्ण भएका छन् । जिल्ला सम्वन्वय समिति अन्तर्गत दुर्गम क्षेत्र बिकास समितिबाट २ करोड ९५ लाख लागतमा जिल्लाका बिभिन्न ठाँउमा यो बर्ष मात्रै १० वटा झोलुङ्गे पुल बनाइएको हो । कुनै समयमा तुईनबाट नदी पार गरेका मुगुबासी हिजोआज जता ततै पुल बने पछि खुसी भएका छन् ।

जिल्लामा ०३२ सालबाट दुर्गम क्षेत्र बिकास समितिले गमगढी रुगा जोड्ने भट्टेचौरबाट पुल बनाउन सुरु गरेको हो भने अहिले जिल्लामा जम्मा ६० वटा पुल निर्माण भइसकेका छन् । ०७३ भन्दा अघि ५० वटा पुल निर्माण गरिएका थिए । आर्थिक वर्ष ०७४,०७५ मा ९ वटा झोलुङ्गे पुल थप निर्माण गर्ने लक्ष्य रहेको दुर्गम क्षेत्र बिकास समिति मुगुका फोकल प्रसन सरोज केसीले जानकारी दिए ।

यो बर्ष जिल्लाको बालै बगर, रारा निजार, पिना, फोतु, लगायतका ठाउँमा पुल बन्ने दुर्गम बिकासले जनाएको छ । नेपाल सरकारको नीति अनुसार तुईन बिस्थापित अथवा तुईन मुक्त जिल्ला घोषणा गर्ने निर्णयसँगै झोलुङ्गे पुल धमाधम निमार्ण भईरहेका छन । काठको पुल प्रत्येक बर्ष बनाउनु पर्ने, काठ कुहिएर जाने, निकुञ्जको काठ काट्न समस्या हुने दुःख थियो । यो बर्ष झोलुङ्गे पुल बनेर आवत जावतको लागि सहज भएको छ ।’ स्थानीय समाज सेवी बृख बहादुर रोकायाले बताए ।
नयाँपत्रिकाबाट

Logo