जिरी
स्वीजरल्याण्डको जुरिच शहरको उपनामले चिनिने पर्यटकीय नगरी जिरीमा शुक्रबार देखि ‘नेपाल लाटोकेसेरो तथा हुचिल उत्सव २०७४’ सुरु भएको छ । "/>

दोलखामा दुई दिने लाटोकेसेरो तथा हुचिल उत्सव शुरु

दोलखामा दुई दिने लाटोकेसेरो तथा हुचिल उत्सव शुरु

केन्द्रबिन्दु
0
Shares

जिरी
स्वीजरल्याण्डको जुरिच शहरको उपनामले चिनिने पर्यटकीय नगरी जिरीमा शुक्रबार देखि ‘नेपाल लाटोकेसेरो तथा हुचिल उत्सव २०७४’ सुरु भएको छ । युवा संजाल जिरी र प्रकृतीका साथीहरु नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा शुक्रबार देखि दुई दिने लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको हो । जिरी बजार स्थित जिरी प्राविधिक शिक्षालयको प्राङ्गणमा सुरु भएको उत्सवको जिरी नगरपालिकाका मेयर टंक जिरेलले उद्घाटन गरेका छन । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसावले ओझेलमा परेको लाटोकोसेरो संरक्षणका लागी यो उत्सव गरेको आयोजकले जनाएकोे छ ।

धार्मिक तथा संस्कृतीक महत्व बोकेको लाटोकोसेरोले पर्यावरणीय सन्तुलन राख्ने भुमिका खेल्ने बिश्वास प्रकृती तथा बातावरण विज्ञहरुको भनाई रहेको उत्सव मुल आयोजक समितीका संयोजक केन्द्र ज्योती खड्काले बताए । उनले भने लोपोन्मुख ९ प्रजातीका लाटोकोसेरो नेपालमा पाइन्छन । सामुन्द्रीक सतह देखी ५२ सय मिटरको उचाइ सम्ममा पाईने लाटोकोसेरोको संरक्षणका लागी सरोकारवाला सबै संस्था सरकारी निकाय लागी पर्नु पर्ने खड्काले बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo