काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) दुवै दलका नेताहरुको एकार्काको अस्तित्व स्वीकार्न गरेर नै पार्टी एकता हुने बताउनुभएको छ । "/>

एकार्काको अस्तित्वलाई स्वीकार गरेर नै पार्टी एकता

एकार्काको अस्तित्वलाई स्वीकार गरेर नै पार्टी एकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) दुवै दलका नेताहरुको एकार्काको अस्तित्व स्वीकार्न गरेर नै पार्टी एकता हुने बताउनुभएको छ । 

अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)ले आज आयोजना गरेको नवविद्यार्थीलाई स्वागत कार्यक्रममा उहाँले वाम एकतालाई सहज बनाउन दुवै पार्टीले एकार्काको संवेदनशीलतालाई बुझ्नुपर्ने धारणा राख्नुभयो ।

वाम एकता राष्ट्रको आवश्यकता र जनताको चाहना भएको बताउँदै उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ मतले अनुमोदन गरेको वाम एकतालाई यो वा त्यो नाममा अवमूल्यन अधिकार कसैलाई छैन ।” पार्टी एकता दुई आन्दोलनबीचको एकता भएको उल्लेख गदै उहाँले एकले अर्काका सकारात्मक पक्षलाई स्वीकार गरेपछि पार्टी एकता निष्कर्षमा पुग्ने बताउनुभयो । 

कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुख खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नुपर्ने र २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग गर्नुभयो । केन्द्रीय सचिवद्वय डिवी साउद र पवन कार्कीलगायतले पनि नयाँ विद्यार्थीलाई शुभकामना दिनुभएको थियो । रासस

Skip This
Skip This
Logo