एमाले र माओवादीको सहकार्य अनुसार प्रदेश नम्बर ७ मा मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । जसअनुसार अहिले प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीका लागि मानबहादुर धामी, वीरमान चौधरी लगायत ४ जनाले आ—आफ्नो दाबी गरिरहेका छन् ।
आजको ५ प्रश्नमा केन्द्रबिन्दु डटकमका लागी विशेष संवाददाता पंकजबहादुर धामीले माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा माओवादी जनयुद्धका बिग्रेड कमाण्डर प्रदेश नम्बर ७ का मुख्यमन्त्रीका दावेदार मानबहादुर धामी ‘सन्तोष’सँग गर्नुभएको कुराकानी
१ मुख्यमन्त्रीमा तपाईको दाबी किन ?
-तत्कालिन नेकपा माओवादीले देशमा परिवर्तनको लागी धेरै मिहिनेत गर्यो । धेरै बलिदान दियो । एक शब्दमा भन्नुपर्दा सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्याउनका लागी माओवादीले ठूलो संघर्ष गर्नुपर्यो । यो सबैलाई थाहा भएकै कुरा हो ।
जनताको जन निर्वाचित प्रतिनिधि भइसकेपछि र पार्टीको एक नेतृत्व पुगिसकेपछि सबै जननिर्वाचित साथीहरुले आप्mनो आफ्नो हैसियत राख्दछन् । स्वभाविक रुपमा मैले पनि त्यो हैसियत राख्छु । मैले आफ्नो क्षमताले भएसम्म यो प्रदेशलाई समृद्ध बनाउनको लागी । यो प्रदेशमा रहेको करिब ३३ प्रतिशत गरिबीको रेखालाई हटाउनका लागी र केन्द्रबाट जसरी ७ नम्बर प्रदेश उपेक्षित भएको छ, त्यसलाई निर्मुल पारेर एक विकशित प्रदेश निर्माणका लागी मेरो उम्मेदवारी हो । र अर्को कुरा अहिले पार्टी एकता प्रकृया अन्तिम चरणमा छ । गठबन्धनलाई अझै प्रदेश नम्बर ७ मा बलियो रुपमा स्थापित गर्नका लागी मेरो दाबी हो ।
२ अन्य ४ जनाको पनि दाबी रहेको छ, पार्टीले तपाईको पक्षमा फैसला गर्ने आधार के ?
– सर्वप्रथम त ७ नम्बर प्रदेशमा वाम गठबन्धनको सरकारले नेतृत्व गर्ने अवशर जुन प्राप्त भएको छ, यसका लागी वाम गठबन्धनका शीर्ष नेताहरुलाई हामी सम्मान व्यक्त गर्न चाहान्छौँ ।
जति माओवादी केन्द्रका विजयी साथीहरु हुनुहुन्छ । सबैले त्यो हैसियत राख्छन्, यसमा दुइमत छैन् । पार्टीले बैज्ञानिक निर्णय गर्छ भन्ने मलाई पूर्ण विश्वास छ । किनकी, जसरी हिजोको दिनमा माओवादी केन्द्र गरेको सशस्त्र संघर्ष र ६२/६३ को जन आन्दोलनबाट यो देशमा राजतन्त्र अन्य भएर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।
३ मुख्यमन्त्रीका लागी मानबहादुर धामी नै माओवादी केन्द्रका निर्विकल्प उम्मेदवार हुन् ? भनेर पार्टीले कसरी पत्याउने ?
-पहिलो कुरा त सबै साथीहरुको योगदान छ । धेरै साथीहरुले आफ्नो ज्यान दिएर योगदान गरे । कति साथीहरु अपाङ्गताका भएका छन् । कति धेरै साथीहरु अहिले संयुक्त रुपमा सहकार्य गरेर आन्दोलनलाई हाँकिरहेका छन् ।
सबैको सम्मान गर्नुपर्छ मेरो अवधारणा भनेको यो हो की, प्रदेश नम्बर ७ लाई चाँडो भन्दा चाँडो समृद्ध प्रदेश कसरी बनाउने यहाँ भएको स्रोत साधनहरुलाई कसरी प्रयोग गर्न सकिन्छ ? तराई पहाड र हिमाल मिलेर बनेको ७ नम्बर प्रदेशमा प्रचुर सम्भावना हुँदा हुँदैपनि विगतका सरकारहरुले ध्यान दिन सकेनन् । त्यसैले ७ नम्बर प्रदेशले आफ्नै सरकार पाउने अवस्थामा यो ठूलो अवशरलाई मिलेर सबै राजनीतिक दलहरुलाई मिलाएर लाने कुराहरु आउँछन् । नकि एमाले र माओवादी मिलेर मात्रै त्यो सम्भव छ ।
यहाँको नीजिक्षेत्र बौद्धिक क्षेत्रका व्यक्तिहरुदलाई समेत साथमा लिएर जानुपर्छ । सबैपक्षसँग हातेमालो गरेर अगाडी बढ्पर्ने अवस्था हो । त्यसकारण यो क्षमता सबैमा छ, तर अहिले पार्टीले जिम्मेवारी दियो भने, मैले सबैलाई मिलाएर अगाडी बढाउन सक्छु ।
यदि पार्टीले शीर्ष तहमा निर्णय गर्न सकेन्, भने संसदिय दललाई निर्णय दिनुपर्छ । संसदिय दलले सहमति जुटाउन सकेन भने निर्वाचनको प्रकृयाबाट अगाडी बढ्नु पर्छ । कम्यनिष्टहरुको भाषामा जनबादी केन्द्रियताको अभ्यास पार्टीले गर्नुपर्छ । जुन साथीले विजयी हासिल गरेपनि हामीले सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।
४ यो प्रदेशमा विभिन्न चरणका अन्दोलनहरु भए, र अहिले पनि राजधानीको विषयमा आन्दोलन चलिरहेका छन् । यी समस्याहरुलाई कसरी मिलाएर अगाडी बढ्नुहुन्छ ?
-कैलाली एउटा सम्भावना बोकेको ठाउँ हो र अहिले अस्थाई राजधानी यहाँ तोकिएको छ । र त्यस्ता सम्भावना बोकेका ठाउँहरु अन्य सबै जिल्लामा उत्तिकै छन् । अर्को कुरा राजधानीका विषयमा भोलीको सदनले निर्णय गर्ने कुरा हो । र अझै वैज्ञानिक ढंगले अझै अन्वेशण गर्न आवश्यक छ ।
हामीले के गर्दा ठिक हुन्छ ? प्रदेशको राजधानी धनगढी, अत्तरिया, डडेल्धुरा वा दिपायल कहाँ बनाउँदा ठिक हुन्छ ? सबै कुराको अध्ययन गरेर सर्वपक्षिय सहमतिबाट प्रदेशको राजधानी तोक्ने हो ।
अहिलेको अवश्यकता भनेको सबै मिलेर अगाडी बढ्नुपर्ने बेला हो । विभिन्न पक्षका सुझाव सल्लाह लिएर राजधानी कहाँ उपयुक्त हुन्छ भन्ने कुरा प्रदेशसभाले टुंगो लगाउने कुरा हो । त्यसका लागी बैज्ञानिक निर्णय गर्नेतिर सबैले लाग्नुपर्छ । मैले पनि आफ्नो जोडबल त्यसमा लगाउँछु ।
५ तपाईको सपनाको प्रदेश नम्बर ७ कस्तो हुन्छ ?
-अहिले सम्म केन्द्र सरकारबाट उपेक्षित भएको प्रदेश हो ७ नम्बर । अहिलेसम्म यो प्रदेशमा देशको कुल बजेटको ७ प्रतिशत मात्रै विनियोजन हुने गरेको छ । अब हामीले ७ नम्बर प्रदेशले आफ्नै सरकार बनाउने सौभाग्य बनाएको छ । यो प्रदेशलाई समृद्ध बनाउने धेरै आधारहरु छन् । जस्तो यो प्रदेशको विकास र समृद्धिका लागी हामीले यहाँको जल, जंगल र जडिबुटीहरुलाई आधार बनाएर अगाडी बढ्नुपर्छ ।
यहाँ भएका बहुमुल्य खनिज तत्वहरुलाई उत्खनन् गरेर प्रदेशको राजस्वलाई बढाउन सकिन्छ । साथै कञ्चनपुरको दोधारा चाँदनीमा निमार्ण भइरहेको सुख्खा बन्दरगाहलाई चाँडो सुचारु गर्न सकिए अर्को सम्भावना थपिन्छ । अर्को दार्चुला सदरमुकाबाट ताक्लाकोट पुग्न १ सय ८० किलोमिटरमा पुग्न सकिन्छ । र यसले चीनसँगको व्यापाारिक सम्भावना बलियो बनाउन सहयोग गर्छ ।
त्यस्तै बझाङको उडै भञ्ज्याङ देखी लिएर सेती राजमार्ग चाँडो सुचनारु गरि चीनसँगको व्यापार सम्भावनालाई पूर्ण रुप दिन सकिन्छ । त्यस्तै पञ्चेश्वर, पश्चिमसेतीलाई अगाडी बढाउन सक्यौ भने ७ नम्बर प्रदेशलाई हामीले सोचेजस्तै प्रदेशका रुपमा विकास गर्न सकिन्छ । र पर्यटनका लागी पनि प्रचुर सम्भावना बोकेको प्रदेश यो यसका लागी पनि योजनाहरु अगाडी बढाउनुपर्छ ।





























प्रतिक्रिया