धुलिखेल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । "/>

ओलीले सुष्मालाई नेपाल बोलाएपछि प्रचण्डले लाए यस्तो आरोप

ओलीले सुष्मालाई नेपाल बोलाएपछि प्रचण्डले लाए यस्तो आरोप

केन्द्रबिन्दु
0
Shares

धुलिखेल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ ।” उहाँले छिट्टै पार्टी एकता हुने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले ७० वर्षदेखि देशमा विकासको लहर ल्याउन नसकिएको बताउँदै अब वाम सरकारले नयाँ योजनाका साथ आर्थिक समृद्धिसहितको कामलाई अगाडि बढाउने छ भन्नुभयो । 

अध्यक्ष दाहालले काभे्रका १३ वटै स्थानीय तह अब ‘विकट’ नहुने उल्लेख गर्दै वाम गठबन्धनको नयाँ सरकार बनेलगत्तै जिल्लाका दुई गाउँपालिका महाभारत र खानीखोलालाई सडक सञ्जालसँग जोड्न र सामुदायिक अस्पताल व्यवस्था गर्न पहल गरिने बताउनुभयो । “म आज हुने वाम एकता संयोजन समितिको बैठकमा समेत सो कुरालाई छलफल गरेर योजना बनाउनेछु”, उहाँले भन्नुभयो । 

कार्यक्रममा प्रदेशसभाका सदस्य रत्न ढकालले यहाँका जनताको विकास र चाहना पूरा गर्न चुनावमा घोषणा गरिएका विषयलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङले महाभारत र खानीखोला गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने गरी सडक सञ्जालको विकास गर्न आग्रह गर्नुभयो । ती क्षेत्र सडक सञ्जालसँग नजोडिँदा सिन्धुली र मकवानपुर भएर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले आफ्नो गाउँपालिकामा सडक, अस्पताल एवं विकासका पूर्वाधार नभएका कारण गाउँबाट सदरमुकाम र शहरमा पस्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई सम्मानपत्र प्रदान गरिनाका साथै विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । रासस 

सुष्मालाई एमाले अध्यक्ष ओलीले नेपाल बोलाएको खुलासा !

Skip This
Skip This
Logo