कार्की आयोगको प्रतिवेदन सात दिनभित्र सार्वजनिक नगरे आन्दोलन गर्ने जेन-जी रेड फोर्सको चेतावनी

कार्की आयोगको प्रतिवेदन सात दिनभित्र सार्वजनिक नगरे आन्दोलन गर्ने जेन-जी रेड फोर्सको चेतावनी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । जेन-जी रेड फोर्स नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई सात दिनभित्र कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो।  

कार्की आयोगको प्रतिवेदन सात दिनमा सार्वजनिक नगरे आन्दोलन गर्ने र त्यसबाट निस्कने परिणामको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिनुपर्ने चेतावनी दिइएको छ। ‘यो केवल मौनता होइन, यो जनताको आवाजमाथिको अवहेलना हो। माइतीघरमा उभिएर आन्दोलन गर्ने युवाहरूले अब खुट्टा ढोग्न मात्र बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ।  

केन्द्रीय संयोजक स्मृति तिमल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री कार्की, सुदन गुरुङ र निश्चित घेराभित्रका व्यक्तिहरूमा मात्रै सीमित भएको आरोप लगाइएको छ।  

साथै देशभरिका हजारौँ जेन जीले ‘आमा प्लिज, प्रतिवेदन सार्वजनिक गरिदिनुस्’ भन्दै गरेको आग्रहलाई सरकारले बेवास्ता गरेकोमा संगठनले आपत्ति जनाएको छ। 

विज्ञप्तिमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको शैली पछ्याउँदै वर्तमान प्रधानमन्त्रीले पनि आफ्ना निकटका मानिसहरूलाई  राज्यका महत्त्वपूर्ण स्थानमा नियुक्ति दिएको दाबी गरिएको छ।  

Logo