आबुधाबी। मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीका प्रमुख ग्यास र तेल केन्द्रहरूमा मिसाइल प्रहारको प्रयास भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार हबसान ग्यास केन्द्र र बाब तेल क्षेत्रमा लक्षित गरी प्रहार गरिएका मिसाइलहरूलाई सुरक्षा प्रणालीले बीचमै नष्ट गरेको छ । खसालिएका मिसाइलका अवशेष केही स्थानमा खसे पनि मानवीय क्षतिको खबर आएको छैन ।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ती ऊर्जा केन्द्रहरूको सञ्चालन अस्थायी रूपमा रोकिएको छ । यसअघि नै कतारको रास लाफान ऊर्जा केन्द्रमा पनि आक्रमण भएको खबर आएको थियो ।
इरानले केही समयअघि मध्यपूर्वका ऊर्जा संरचनाहरू आफ्नो सम्भावित लक्ष्य रहेको चेतावनी दिएको थियो, जसपछि क्षेत्रीय सुरक्षा अवस्था झन् चर्किएको छ ।
यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले इरानसँग सम्भावित द्वन्द्वको तयारीका लागि २०० अर्ब डलरभन्दा बढीको आकस्मिक बजेट माग गरेको छ । यसले क्षेत्रीय तनाव अझ गहिरिँदै गएको संकेत गरेको छ ।





























प्रतिक्रिया