अवैध नदी उत्खननमा संलग्न ८ ट्याक्टर नियन्त्रणमा

अवैध नदी उत्खननमा संलग्न ८ ट्याक्टर नियन्त्रणमा

केन्द्रबिन्दु
18
Shares

रौतहट। चन्द्रपुर नगरपालिका–स्थित चाँदीखोलामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध सशस्त्र प्रहरीले कारबाही गर्दै ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान विशेष सूचनाका आधारमा खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्याक्टरहरू नियन्त्रणमा लिएर चन्द्रपुर नगरपालिकालाई बुझाएको हो ।

सशस्त्र प्रहरीका अनुसार लामो समयदेखि चाँदीखोलामा अवैध उत्खनन भइरहेको गुनासो आएपछि अभियानकै रूपमा निगरानी र कारबाही थालिएको छ ।

नगरपालिकाले नियन्त्रणमा लिइएका ट्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

Logo