जेन-जी आन्दोलनको आगलागीमा नष्ट सर्वोच्चका १९ हजारभन्दा बढी मुद्दा फाइल पुनः प्राप्त

जेन-जी आन्दोलनको आगलागीमा नष्ट सर्वोच्चका १९ हजारभन्दा बढी मुद्दा फाइल पुनः प्राप्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि सर्वोच्च अदालतले जलेर नष्ट भएका मुद्दा अभिलेख पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ । आन्दोलनका क्रममा अदालतका महत्वपूर्ण कागजात तथा फाइलहरू नष्ट भएपछि न्यायिक प्रक्रिया प्रभावित भएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ताका अनुसार हालसम्म १९ हजार १०२ वटा मुद्दाका फाइल पुनः प्राप्त गर्न सफल भएको छ भने करिब १ हजार ४०० फाइलहरू अझै पुनः प्राप्त गर्न बाँकी रहेका छन् ।

आन्दोलनपछि उत्पन्न परिस्थितिले न्यायिक प्रणालीमा अभिलेख व्यवस्थापनको ठूलो चुनौती सिर्जना गरेको थियो । त्यसयता सर्वोच्चले हराएका तथा क्षतिग्रस्त फाइलहरूको डिजिटल अभिलेखीकरण, पुनःसंकलन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।

जेन–जी आन्दोलनका क्रममा अदालत परिसर तथा अन्य सरकारी संरचनामा भएको क्षतिले अभिलेख सुरक्षाको संवेदनशीलता उजागर गरेको थियो । त्यसयता न्याय प्रशासनलाई पुनः नियमित अवस्थामा ल्याउन विभिन्न तहमा प्रयास भइरहेका छन् ।

सर्वोच्च अदालतले बाँकी फाइलहरू पनि छिट्टै पुनः प्राप्त गर्ने र न्यायिक सेवा पूर्ण रूपमा सुचारु गर्ने लक्ष्य लिएको जनाएको छ ।

Skip This
Skip This
Logo