काठमाडौं
हनुमान ढोका दरवार क्षेत्रलाई व्यापारीक महल वनाउन लागेको भन्दै स्थानियले विरोध प्रर्दशन गरेका छन् । जिवित कुमारीको वासस्थल मानिने विश्व सम्पदा सुचीमा सुचिकृत रहेको रहेको धार्मिक, ऐतिहासिक , सांस्कृतिक , पुरातात्विक तथा नेपाल र नेपालीको गौरव वोकेको मल्लकालिन राष्ट्रिय ढुकुटीलाई असर पु¥याउने गरि, धार्मिक आस्था रहेको कुमारी मन्दिरमा समेत असर गर्ने गरि मर्हजन विजनेस एसोसियत्स प्रालिले भुकम्प पश्चात दरवार क्षेत्रको जमिन खरिद गरि मापदण्ड विपरित व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन । "/>

हनुमानढोका दरवार क्षेत्रलाई व्यापारीक महल बनाउन लागेको भन्दै विरोध

हनुमानढोका दरवार क्षेत्रलाई व्यापारीक महल बनाउन लागेको भन्दै विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
हनुमान ढोका दरवार क्षेत्रलाई व्यापारीक महल वनाउन लागेको भन्दै स्थानियले विरोध प्रर्दशन गरेका छन् । जिवित कुमारीको वासस्थल मानिने विश्व सम्पदा सुचीमा सुचिकृत रहेको रहेको धार्मिक, ऐतिहासिक , सांस्कृतिक , पुरातात्विक तथा नेपाल र नेपालीको गौरव वोकेको मल्लकालिन राष्ट्रिय ढुकुटीलाई असर पु¥याउने गरि, धार्मिक आस्था रहेको कुमारी मन्दिरमा समेत असर गर्ने गरि मर्हजन विजनेस एसोसियत्स प्रालिले भुकम्प पश्चात दरवार क्षेत्रको जमिन खरिद गरि मापदण्ड विपरित व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन ।

उक्त जमिनमा मापदण्ड विपरित व्यापरिक महल वन्न लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौं गठित समितिले प्रमाणित गरिसकेको अवस्थामा स्थानिय जनप्रतिनिधिले कुनै वास्ता नगरि पुरातात्वयिक वस्तु मास्न खोजेको उनीहरुले आरोप लगाएका छन् । उक्त छानविन समितिमा पुरातत्व विभाग, काठमाडौ महानगरपलिका र काठमाडौ उपत्यका विकास प्राधिकरणको संयुक्त प्राविधिक टोली रहेका थिए ।

स्थानिय निकायमा जनप्रतिनिधि आईसकेको अवस्थामा राज्यको ढुकुटी माथी निजि कम्पनीले हस्तक्षेप गर्नुले सम्वन्धित निकायको समेत मिलेमतो रहेको उनीहरुले आरोप लगाएका छन् । एउटा निजि कम्पनीले सिंगो राज्यलाई चुनौती दिएको अवस्थामा समेत सम्वधित निकाय मौन रहनुले नगरपालिकाका कर्मचारीको समेत मिलेमत्तो रहेकोले आन्दोलनमा उत्रन परेको उनीहरुले वताएका छन् ।
आर्थिक दैनिकबाट

Logo