बाजुराका प्रजिअ निरौलाले दिए अशक्तलाई घरमै पुगेर नागरिकता

बाजुराका प्रजिअ निरौलाले दिए अशक्तलाई घरमै पुगेर नागरिकता

केन्द्रबिन्दु
6
Shares

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रजिअ निरौलाले नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका हुन् ।

धनगढीमा बसोबास गर्दै आएका भाटलाई उनकै बसोबास स्थलमा पुगेर नागरिकताको प्रतिलिपि दिईएको हो । रेल दुर्घटनामा दुबै खुट्टा गुमाएका भाट बाजुरामा हिड्डुल गर्न समस्या भएपछि धनगढीमा बस्दै आएका छन्।

भाट सन् २०१८ मा भारतको मुम्बईस्थित बेलापुरमा काम गर्न जाने क्रममा भएको रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए ।

सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो । त्यसयता उनी अपांगताका साथसाथै नागरिकता नहुँदा विभिन्न राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित थिए। पुनःप्रतिलिपि समेत बनाउन उनलाई कठिनाई भएको थियो। अशक्त नागरिकको लागी घरमै पुगेर प्रतिलिपि प्रदान गरिएको प्रजिअ निरौलाले बताए।

राज्यले प्रदान गर्ने सेवा–सुविधाबाट कुनैपनि नागरिक बञ्चित हुनु हँुदैन् भन्ने मान्यताका साथ अशक्त नागरिकको लागी घरमै पुगेर सेवा उपलब्ध गराइएको निरौलाको भनाइ छ। खगिन्द्रका बुबा वडाको सिफारिसका साथ प्रशासन कार्यालयमा समेत पुगेका थिए।प्रशासन पुगेका उनले छोराको अवस्थाबारे जानकारी गराएका थिए ।
जानकारी पश्चात् प्रशासनले आवश्यक प्रक्रिया पूरागरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै उनको घरमै पुगेर प्रतिलिपी हस्तान्तरण गरेको हो ।

प्रशासनको यो कदमले अन्य नागरिकमा समेत भरोसा थपिएको छ।बाजुराबाट करिक ३ सय किलोमिटर टाढा धनगढीसम्म पुगेर प्रशासनले सेवा प्रदान गरपछि उक्त कामको प्रशंसा समेत गरिएको छ।

Skip This
Skip This
Logo