नवलपरासी पूर्वमा जेई खोप अभियान तीव्र, एक लाखभन्दा बढीले लगाए खोप

नवलपरासी पूर्वमा जेई खोप अभियान तीव्र, एक लाखभन्दा बढीले लगाए खोप

केन्द्रबिन्दु
24
Shares

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्ध सञ्चालन गरिएको खोप अभियान लक्ष्य नजिक पुगेको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालन भएको अभियानअन्तर्गत चैत ६ गतेसम्म ६९.१ प्रतिशत लक्षित जनसङ्ख्याले खोप लगाएका छन् । हालसम्म एक लाख तीन हजार ७५२ जनाले खोप लिएका छन्, जसमा ४२ हजार ८४१ पुरुष र ६० हजार ९११ महिला छन् ।

स्वास्थ्यकर्मीका अनुसार छोटो समयमा नै अभियानले राम्रो प्रगति गरेको छ । बौदिकाली गाउँपालिकामा ९५.१ प्रतिशत र बुलिङटार गाउँपालिकामा ८७ प्रतिशत खोप लगाइएको छ ।

जिल्लामा पछिल्ला वर्षहरूमा जेई सङ्क्रमण बढेपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि खोप अभियान सुरु गरिएको हो । करिब एक लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

चालु आर्थिक वर्षमा जिल्लामा जेईका १५ संक्रमित फेला परेका छन् भने छ जनाको मृत्यु भइसकेको छ । जोखिम नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकतामा राखिएको छ ।

Logo