मान्म । कालीकोट जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपलब्ध गराउँदै आएको सेवा करिब १० महिनापछि पुनः सुरु गरिएको हो।
पहिले प्रतिष्ठानले प्रत्येक महिनाको पहिलो र अन्तिम हप्ताको शुक्रबार विशेषज्ञ सेवा दिने गरेको थियो। विभिन्न कारणले लामो समय अवरुद्ध भएको सेवा चैत ६ गतेदेखि पुनः सञ्चालनमा आएको जिल्ला अस्पतालले जनाएको छ।
सेवा पुनः सुरु भएपछि स्थानीयवासीले अब जिल्लामै विशेषज्ञ उपचार पाउने भएका छन्। यसले अन्य जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
जिल्ला अस्पतालका सूचना अधिकारी कटक महतका अनुसार अब विशेषज्ञ सेवा नियमित रूपमा विस्तार गर्ने तयारी भइरहेको छ।































प्रतिक्रिया