सुडानमा अस्पतालमा आक्रमण हुँदा १३ बालवालिका सहित ६४ जनाको मृत्यु

सुडानमा अस्पतालमा आक्रमण हुँदा १३ बालवालिका सहित ६४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुडान। डारफुर क्षेत्रमा रहेको अल-दाइन शिक्षण अस्पतालमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ। मृतकमध्ये १३ जना बालबालिका रहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शुक्रबार राति भएको आक्रमणमा बिरामी, दुई नर्स र एक चिकित्सकसमेत मारिएका छन्। घटनामा ८९ जना घाइते भएका छन्, जसमा ८ जना स्वास्थ्यकर्मी छन्।

आक्रमणका कारण अस्पतालको बालरोग, प्रसूति र आकस्मिक कक्षमा ठूलो क्षति पुगेको छ। अस्पताल पूर्ण रूपमा बन्द भएको छ र स्थानीय क्षेत्रमा स्वास्थ्य सेवा ठप्प भएको छ।

डब्लुएचओले सुडानमा जारी युद्धका क्रममा स्वास्थ्य संस्थामाथि भएका आक्रमणका कारण हालसम्म २ हजारभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ। सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच सन् २०२३ देखि जारी द्वन्द्वका कारण ठूलो मानवीय संकट उत्पन्न भएको छ, जसमा हजारौँको मृत्यु र लाखौँ विस्थापित भएका छन्।

Logo