काठमाडौं। निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी ‘निसान म्याग्नाइट’मा नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। ‘१ वर्ष शून्य इन्धन’ नाम दिइएको यस योजनामार्फत ग्राहकलाई एकैपटक धेरै सुविधा दिने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले ५० हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् भने पुरानो गाडी साट्दा १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। त्यस्तै, गाडी खरिद गर्दा १ वर्षको कम्प्रिहेन्सिभ बीमा र १ वर्षसम्मका लागि निःशुल्क इन्धन सुविधा समेत दिइनेछ, जसले गाडी खरिदपछि हुने अतिरिक्त खर्चलाई उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
हाल निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५ लाख ७५ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो अफर देशभरका सबै आधिकारिक निसान शोरूमहरूमा लागू हुनेछ।
यससँगै, कम्पनीले सजिलो स्वामित्व योजना पनि ल्याएको छ। जसअनुसार म्याग्नाइटको ‘भिसिया’ भेरिएन्ट दैनिक करिब ९९९ रुपैयाँमै किन्न सकिने व्यवस्था गरिएको छ। यसले मध्यम आय भएका ग्राहकलाई लक्षित गर्दै गाडी खरिदलाई अझ सहज बनाउने कम्पनीको दाबी छ।
सुरक्षाका हिसाबले पनि निसान म्याग्नाइटलाई मजबुत मानिन्छ। यसमा ५–स्टार ग्लोबल एनक्याप सेफ्टी रेटिङ, ६ वटा एयरब्याग, हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा सुविधा उपलब्ध छन्। साथै, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर पार्किङ सेन्सर, उच्च २०५ एमएम ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरू सबै भेरिएन्टमा समावेश गरिएको छ।
कम्पनीले ग्राहकहरूलाई नजिकको निसान शोरूममा गई टेस्ट ड्राइभ गर्न र अफरबारे विस्तृत जानकारी लिन आग्रह गरेको छ। नयाँ योजना मार्फत बजारमा प्रतिस्पर्धा बढाउने र ग्राहकलाई थप मूल्य प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।































प्रतिक्रिया