चुनावी हारमा गगन थापाको कुनै दोष छैन, राजीनामा पनि आवश्यक छैन -डा. सुनिल शर्मा

चुनावी हारमा गगन थापाको कुनै दोष छैन, राजीनामा पनि आवश्यक छैन -डा. सुनिल शर्मा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले निर्वाचनमा काँग्रेसले बेहोरेको हारमा सभापति गगन थापाको कुनै दोष नभएको बताएका छन् ।

आइतबार भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेजको दोस्रो युनिट उद्घाटन कार्यक्रममा नेता शर्माले सभापति थापा चुनावको मुखमा मात्रै सभापति भएको भन्दै यस्तो बताएका हुन् ।

“उहाँ सभापति भएको त भर्खर ४०-४५ दिन मात्र भएको छ। निर्वाचनको मुखमा जिम्मेवारी सम्हालेका व्यक्तिलाई मात्र सबै दोष थुपार्नु हुँदैन,” उनले भने, “यदि यो हारको कोही भागीदार छ भने त्यो हामी सबै हौँ, म पनि हुँ। कसको प्रतिशत कति भन्ने मात्र फरक होला, तर जिम्मेवारी संयुक्त रूपमा लिनुपर्छ। गगन न दोषी थिए, न हुन् र न हुनेवाला छन् ।”

उनले थापामाथि मात्रै हारको दोष थोपर्न नमिल्ने र थापाले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताउँदै सबै नेताले हारको जिम्मेवारी लिनुपर्ने पनि बताएका छन् । साथै उनी थापाको राजिनामाको विरुद्धमा देखिएका छन् ।

‘केन्द्रिय कमिटिले उनको राजीनामा अस्विकार गर्छ भन्ने विश्वास छ’, उनले भने ।

डा. शर्माले निर्वाचनमा कांग्रेस पछि पर्नुको मुख्य कारण विगत ५-७ वर्षका समस्या र नयाँ पुस्ताले नेतृत्व लिएको कुरा जनतामाझ प्रभावकारी रूपमा सम्प्रेषण हुन नसक्नुलाई मानेका छन् । उनले भने, ‘नयाँ युवा नेतृत्वले पार्टी टेकओभर गरेको कुरा हामीले समयमै जनतालाई बुझाउन सकेनौँ। यसका लागि समय लाग्छ। अब हामी अझै सशक्त रूपमा जनतासँग जोडिनुपर्छ।’

आफ्नो निर्वाचन क्षेत्रको अनुभव सुनाउँदै डा. शर्माले भने, “मेरो क्षेत्रमा त कांग्रेस पूरै एक ढिक्का थियो, कुनै अन्तर्घात थिएन। तर मतपेटिका खोल्दा आएको परिणामले हामीलाई अचम्ममा पारेको छ।” उनले लोकतान्त्रिक अभ्यास भएकाले हारलाई स्वीकार गरिसकेको भए पनि केही ठाउँमा ‘मिराकल’ नतिजा आएको भन्दै ब्यालेट चेक गर्नुपर्ने आवाजहरू उठिरहेको प्रति संकेत गरे ।

Skip This
Skip This
Logo