प्रवासी नेपालीहरुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै डेक्स स्थापना

प्रवासी नेपालीहरुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै डेक्स स्थापना

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क राखिने भएको छ ।

अध्यागमन विभागका अनुसार विदेशमा रहेका नेपाली मूलका नागरिक र गैरआवासीय नेपालीलाई लक्षित गरी यो व्यवस्था गर्न लागिएको हो । यसले नेपाल आगमन–प्रस्थान प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

यस सम्बन्धमा विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई आइतबार पत्राचार गर्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

यस विषयमा विभिन्न समयदेखि उठ्दै आएको मागपछि गृह प्रशासनले उक्त निर्णय गरेको हो ।

Skip This
Skip This
Logo