काठमाडौं। नेपाल र हङकङबीच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच विवाद देखिएको छ ।
एन्फाका अनुसार खेल सञ्चालनका लागि आवश्यक स्वीकृति समयमै नपाएको र दशरथ रंगशाला प्रयोग गर्न अनुमति नआएको कारण खेल प्रभावित भएको हो । एन्फाले पटक–पटक अनुरोध गर्दा पनि लिखित अनुमति प्राप्त नभएको दाबी गरेको छ ।
तर राखेपले भने एन्फाको दाबी अस्वीकार गर्दै समयमै स्वीकृति दिइएको जनाएको छ । दुवै निकायले एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै सार्वजनिक विज्ञप्ति जारी गरेपछि विषय थप पेचिलो बनेको छ ।
यस विवादका कारण चैत १२ गतेका लागि तय खेल स्थगित भएको एन्फाले जनाएको छ । साथै प्रशासनिक समन्वय अभावका कारण समस्या उत्पन्न भएको भन्दै एन्फाले खेलप्रेमीसँग क्षमायाचना गरेको छ ।
खेलकुद क्षेत्रका दुई प्रमुख निकायबीच देखिएको यो असमझदारीले आगामी कार्यक्रमहरूमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।





























प्रतिक्रिया