बेमौसमी वर्षाले महोत्तरीका इँटा उद्योगमा करोडौँको क्षति

बेमौसमी वर्षाले महोत्तरीका इँटा उद्योगमा करोडौँको क्षति

केन्द्रबिन्दु
18
Shares

जलेश्वर। बेमौसमी वर्षाका कारण महोत्तरीका इँटा उद्योगहरू गम्भीर रूपमा प्रभावित भएका छन् । प्रारम्भिक अनुमान अनुसार करिब ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्लाका करिब तीन दर्जन इँटा उद्योगमा पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाले भिजेर नष्ट भएका छन् । उद्योग व्यवसायीहरूका अनुसार माघ, फागुन र चैत उत्पादनका लागि उपयुक्त समय भए पनि अचानक आएको वर्षाले ठूलो नोक्सानी पुर्‍याएको हो ।

केही उद्योग सञ्चालकले वर्षभरि बिक्री गर्ने तयारी गरिएको इँटा समेत पूर्ण रूपमा क्षति भएको भन्दै आर्थिक संकट बढेको बताएका छन् । वर्षाले सुकाइरहेका काँचो इँटा बगाउँदा लगानी र मेहनत दुवै खेर गएको उनीहरूको गुनासो छ ।

इँटा उद्योग व्यवसायी सङ्घ महोत्तरीले क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायसँग राहत तथा क्षतिपूर्तिको माग गर्ने जनाएको छ ।

Logo