राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै

राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै

केन्द्रबिन्दु
15
Shares

कञ्चनपुर। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन क्रमशः घट्दै गएको छ । आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरनको प्रयोग कम हुँदै गएको हो ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन क्रमशः घट्दै गएको छ । आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरनको प्रयोग कम हुँदै गएको हो ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने प्रचलन थियो ।

परम्परागत गहना र पहिरनले समाजमा पहिचान र प्रतिष्ठा पनि झल्काउने बताइन्छ । तर अहिले यस्ता गहना र पहिरन प्रयोग गर्ने महिलाको सङ्ख्या घट्दै गएको छ ।

धेरै महिलाले आधुनिक तथा कृत्रिम गहना प्रयोग गर्न थालेपछि पुराना गहनाको प्रयोग घटेको र ती बनाउने कारीगर पनि कम हुँदै गएको बताइएको छ ।

पुरानो पुस्ताका अनुसार पहिले घरमै कपडा तयार गरी पहिरन बनाउने चलन थियो । अहिले बजारका कपडा प्रयोग हुन थालेपछि त्यो परम्परा पनि विस्तारै हराउँदै गएको छ ।

परम्परागत पहिरन र गहना केवल सौन्दर्यसँग मात्र नभई सांस्कृतिक पहिचानसँग जोडिएको भन्दै यसको संरक्षणका लागि स्थानीय स्तरमा पहल आवश्यक रहेको स्थानीय अगुवाहरूको भनाइ छ ।

Logo