काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ ।
मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिन:, सर्वे सन्तु निरामया:’ भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिए। उनका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने ध्येयले यो परियोजना सुरु गरिएको हो ।
सन् २०१४ मा शिलान्यास गरिएको उक्त मन्दिर बौद्ध आस्थाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरको खाका जर्मनीका प्रख्यात आर्किटेक्ट स्टेफ ब्राउनफेल्सले तयार पारेका हुन् ।
मन्दिर प्रशासनका अनुसार विभिन्न प्रशासनिक जटिलताका कारण निर्माण कार्य केही समय प्रभावित भए पनि अहिले पुनः तीव्र गतिमा अघि बढाइएको छ ।





























प्रतिक्रिया