१६ खनिज उत्खननलाई अनुमति, १६६ कम्पनी सक्रिय

१६ खनिज उत्खननलाई अनुमति, १६६ कम्पनी सक्रिय

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, धातु, पत्थरलगायत १६ प्रकारका खनिजजन्य वस्तु उत्खनन गर्न अनुमति दिएको छ। स्वदेशी खनिजको उपयोग बढाएर उद्योग र अर्थतन्त्र मजबुत बनाउने लक्ष्यसहित अनुमति दिइएको हो।

विभागका अनुसार हालसम्म १६६ कम्पनीलाई खानी सञ्चालनको इजाजत दिइएको छ। टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, म्याग्नेसाइट, डोलोमाइट, तामालगायत खनिज उत्खनन भइरहेका छन्। मात्र चुनढुङ्गाका करिब १०० खानी सञ्चालनमा छन्।

अनुमति दिँदा वातावरणीय प्रभाव, राजस्व र स्थानीय लाभलाई ध्यानमा राखिएको विभागले जनाएको छ।

Logo