रुकुम
बिहिबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन राती देखि रुकुमकोटबासी आन्दोलित भए । "/>

सदरमुकाम सार्ने निर्णयले रुकुममा कतै आन्दोलन कतै दीपावली

सदरमुकाम सार्ने निर्णयले रुकुममा कतै आन्दोलन कतै दीपावली

केन्द्रबिन्दु
0
Shares

रुकुम
बिहिबार साँझ मन्त्रिपरिषद्को निर्णयले रुकुम (पूर्व) को सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ गोलखाडमा राख्ने निर्णय गरेपछि सोही दिन राती देखि रुकुमकोटबासी आन्दोलित भए । चार दिन देखी उनीहरु आन्दोलनमा छन् ।

प्रधानमन्त्री शेर वहादुर देउवा विरुद्ध यहाँका स्थानीयहरु नाराबाजी गरिरहेका छन् । बिहिवार राती देखी नै जिल्ला प्रशासन कार्यालयमा चौबिसै घण्टा धर्नामा छन् । रुकुमकोट छिर्ने चारवटै नाका बन्द छन् भने यहाँका शिक्षण संस्था, बजार, सरकारी तथा गैरसरकारी कार्यालयहरु पूर्णरुपमा बन्द छन् । बन्दले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सरकार विरुद्ध रुकुमकोटमा आन्दोलन चर्किए पनि पुथा उत्तरगंगा गाउँपालिकामा सर्वसाधारणहरुले खुशी मनाएका छन् । कोलका बासिन्दाहरुले घरघरमा दिपावली गरेर सरकारको निर्णयलाई स्वागत गरे ।

सरकारले रुकुम (पूर्व) का पूर्वी क्षेत्रका बासिन्दाहरुको भावना अनुसार निर्णय गरेको स्थानिय धुव्र पुनले बताए । यस निर्णयलाई कार्यान्वयन गर्न समेत यहाँका बासिन्दाहरुले माग गरेका छन् । ‘रुकुम (पूर्व) का जनताका लागि न्याय नै दिने हो भने सरकारले गरेको निर्णय ढिक छ’ धुव्रले भने, ‘यदि रुकुमकोटका जनतालाई मात्र खुशी पार्ने हो भने रुकुमकोट ठिक छ।’ तर सरकारले रुकुमकोटवासीलाई मात्र भन्दा सबै जिल्लावासीलाई हेरेर न्यायोचित व्यवहार गर्नु पर्ने यहाँका कर्मसिंह घर्ती मगरले बताए । यहाँका सर्वसाधारणहरु खुशी भएका छन् । जसले वर्षौ देखीको अन्यायलाई चिर्दै न्याय पाएको पूर्वी क्षेत्रका बासिन्दाहरुको भनाई छ।
नागरिकबाट

Skip This
Skip This
Logo