रवि लामिछानेसँग अमेरिकी विशेष दूतको टेलिफोन वार्ता

रवि लामिछानेसँग अमेरिकी विशेष दूतको टेलिफोन वार्ता

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग टेलिफोन वार्ता गरेका छन् । उक्त वार्तामा गोरले हालै सम्पन्न निर्वाचनमा प्राप्त नतिजाप्रति लामिछानेलाई बधाई दिएका छन् । काठमाडौँस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको छ ।

दूतावासका अनुसार चैत १० गते भएको संवादका क्रममा विशेष दूत गोरले रास्वपाले चुनावमार्फत हासिल गरेको उपलब्धिप्रति शुभकामना व्यक्त गरेका छन् ।

वार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्ध, कूटनीतिक सहकार्य तथा भविष्यका सम्भावनाबारे पनि छलफल भएको बताइएको छ । गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारी सुदृढ बनाउने चाहना व्यक्त गरेका छन् ।

साथै, नेपाल र अमेरिकाबीच लामो समयदेखि कायम मित्रता अझ सुदृढ बनाउने विषयमा अमेरिका सकारात्मक रहेको सन्देश पनि उनले दिएका छन् ।

Logo