पर्वत

विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । "/>

एम्बुलेन्स बिग्रियो, बनाउन पैसा छैन

एम्बुलेन्स बिग्रियो, बनाउन पैसा छैन

केन्द्रबिन्दु
0
Shares

पर्वत

विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । 

जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । 

पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने जनाइएको छ । मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला अस्पताल विकास समितिमा कार्यरत नायब सुब्बा रघुनाथ रेग्मीले बताउनुभयो ।

“कुश्मानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटक पटक पत्र पठाए पनि रकमको आश्वासन आएको छैन,” रेग्मीले भन्नुभयो, “रकमको अभावमा मर्मत गर्न नसकिएको हो ।” 

जिल्ला अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको बताउनुभयो । अस्पतालमा अहिले दैनिक सयको हाराहारीमा बिरामी आउने गरेका छन् । बिरामीलाई यहाँ सम्भव नभएमा जिल्लाबाहिर पठाउनुपर्छ ।

पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीलाई भाडाका ट्याक्सीमा पठाउन भन्ने गरिएको जिविसका अध्यक्ष राधाकुमारी क्षेत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा पर्वतसहित बागलुङका आधा दर्जन वडाका बासिन्दाले सेवा लिने गरेका छन् । रासस

Skip This
Skip This
Logo