दार्चुला। आज बिहान दार्चुलाको मुराई आसपास ४.० म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ८ बजेर ३२ मिनेटमा गएको हो। धक्का दार्चुला जिल्ला र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। यसअघि गत चैत ९ गते पनि सोही स्थानमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
विशेषज्ञहरूले यो क्षेत्र भूकम्प संवेदनशील रहेको कारण नियमित सतर्कता अपनाउन स्थानीयलाई सचेत रहन सुझाव दिएका छन्।































प्रतिक्रिया