काठमाडौं
प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेता देखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् । "/>

मुख्यमन्त्री बन्न एमालेमा हानथाप : भागवण्डा मिलाउनै सकस

मुख्यमन्त्री बन्न एमालेमा हानथाप : भागवण्डा मिलाउनै सकस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेता देखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् । केहीले आफूलाई मुख्यमन्त्रीका लागि अनुकूल वातावरण बनाउन दल भित्रैको आन्तरिक समीकरण (गुट) परिवर्तन गरेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएका छन् ।

एमालेले प्रदेश ५ मा बाहेक अन्य प्रदेशमा संसदीय दलको नेता छानेको छैन । प्रदेश ५ मा एमाले स्थायी कमिटी सदस्य समेत रहेका शंकर पोखरेल संसदीय दलका नेता छानिएका छन् । उनी दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।  प्रदेशसभा निर्वाचन अघि नै सिट बाँडफाँटका क्रममा एमाले र माओवादी केन्द्रबीच प्रदेश ५ मा गठबन्धनले बहुमत ल्याए पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । ६ वटा प्रदेशमा एमाले र माओवादी केन्द्र गठबन्धनले सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएको छ । एमालेको प्रदेश १ र ३ मा एकल बहुमत छ । प्रदेश २ मा भने सरकार बनाउन वाम गठबन्धनलाई बहुमत छैन ।

गठबन्धन भए पनि एमाले र माओवादी बीच कुन–कुन प्रदेशमा सरकारको नेतृत्व गर्ने भन्ने विषयमा अन्तिम सहमति भएको छैन । एमालेले आज सम्म प्रदेश सरकार गठनबारे माओवादीसँग सहमति गर्ने निर्णय लिएको छ । प्रदेश १ मा पार्टीको प्रदेश संयोजक रहेका केन्द्रीय सचिव भीम आचार्य र प्रदेश सहसंयोजक एवं पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका लागि प्रतिस्पर्धामा छन् । अन्य प्रदेशहरुमा पनि आकांक्षीहरु वढ्दै गएका छन् ।
नागरिकबाट

 

Skip This
Skip This
Logo