चोरीपछि सुनको स्वरूप बदल्ने गिरोह पक्राउ

चोरीपछि सुनको स्वरूप बदल्ने गिरोह पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। प्रहरीले चोरी गरी सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ गङ्गाजमुना-७ घर भई तारकेश्वर–१० बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व) कावासोती–१७ घर भई काठमाडौँ-२६ बस्ने २८ वर्षीय प्रदिप गुरुङ, ओखलढुङ्गा खिजीदेम्बा-९ घर भई सामखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवा नौकुण्ड-५ घर भई काठमाडौँ-२६ बस्ने २८ वर्षीय सागर कामी र भारत महाराष्ट्र सोलापुरका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन्।

प्रहरीका अनुसार चन्द्रागिरि-१५ तिनथानास्थित एक घरबाट सुनका विभिन्न गरगहना, दुई मोबाइल र नगद ५ हजार चोरी भएको उजुरीपछि अनुसन्धान गरिएको थियो। सोही क्रममा चोरीका गरगहना पगालेर वा स्वरूप परिवर्तन गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको खुल्दै उनीहरू पक्राउ परेका हुन्।

उनीहरूको साथबाट २३.३० ग्राम पहेँलो धातु र चोरीमा प्रयोग गरिएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। काठमाडौँ-२६ गल्कोपाखाबाट पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo