१९३३ मा जर्मनीको सत्तामा रहेका एडोल्फ हिटलरले देशमा एक नस्लवादी साम्राज्य स्थापना गरे ।
उनले यहुदीहरुलाई यति अमानविय र क्रुर ढंगले मर्न वाध्य तुल्याए कि, त्यो अहिलेसम्मकै कालो इतिहासमा लिइएको छ ।

हिटलरको क्रुरतालाई संसारले कहिल्यै माफ गर्न सक्ने छैन । उनी हदैसम्म घृणाका पात्र हुन् ।

६ बर्षसम्म निरन्तर हिटलरले यहुदीलाई निर्मतापूर्वक मार्ने कृत्य गरिरहे । यस नरसंहारमा ६० लाख जनाले ज्यान गुमाए । पेल्यान्डको क्याम्पमा राखेर उनीहरुलाई मारिएको थियो ।

क्याम्पमा धर्म, नस्ल, विचारधारा वा शारीरिक कमजोरीको नाममा लाखौ व्यक्तिलाई ग्यास च्याम्बरमा पठाइएको थियो ।
यहुदी, राजनीतिक विरोधी, विमारी, समलैंगिकलाई त्यहाँ राखिएको थियो । क्याम्प यस्तो थियो कि, त्यहाँबाट भाग्न असंभव थियो ।

बुढाबुढी र बिमारीलाई ग्यास च्याम्बरमा मारिन्थ्यो । त्यस क्याम्पमो आसपासमा दैनिक चार हजार भन्दा बढी लास जलाइन्थ्यो ।
जो ग्यास च्याबरबाट बच्थे उनीहरुले काम गर्नुपथ्र्यो । त्यहाँ मारिनेमा १५ लाख त बालबालिका मात्र थिए । केहि यहुदीले ज्यान बचाएर देश छाडे । कतिपय कन्ट्रसनको काममा पेलिएर मर्दै, बाँच्दै, मरे ।



































प्रतिक्रिया