बालेनको निजी सुरक्षा प्रमुखमा डीएसपी दिपेश बस्याल

बालेनको निजी सुरक्षा प्रमुखमा डीएसपी दिपेश बस्याल

केन्द्रबिन्दु
132
Shares

काठमाडौं। प्रधानमन्त्री पदको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा गार्ड (पीएसओ) मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल हुने भएका छन् ।

शुक्रबार उनलाई औपचारिक रूपमा बालेनको निजी सुरक्षा जिम्मेवारी दिइएको हो। प्रधानमन्त्रीको शपथ आज मध्याह्न १२ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने कार्यक्रम तय भएको छ।

नयाँ प्रधानमन्त्रीको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ।

Logo