काठमाडौं । रसुवाको लाङटाङ क्षेत्र नजिक मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
कम्पनीका अनुसार पाइलटसहित ५ जना यात्रु सवार रहेको हेलिकप्टर दिउँसो साढे १ बजेदेखि सम्पर्कमा छैन। टेलिफोन नेटवर्क नहुने दुर्गम क्षेत्र भएकाले थप जानकारी आउन सकेको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।
सुरक्षा निकायहरूले घटनाबारे जानकारी संकलन गरिरहेको र खोजी कार्य अघि बढाइएको बताइएको छ।































प्रतिक्रिया