पक्राउ स्वीकार्य छैन कानुनी लडाईँ लड्छु: लेखक

पक्राउ स्वीकार्य छैन कानुनी लडाईँ लड्छु: लेखक

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो पक्राउप्रति असन्तुष्टि जनाउँदै यसविरुद्ध कानुनी र राजनीतिक रूपमा अघि बढ्ने बताएका छन्।

नयाँ सरकार गठन भएपछि गरिएको मन्त्रिपरिषद् निर्णयकै आधारमा आफूलाई पक्राउ गरिएको भन्दै उनले यसलाई अस्वाभाविक प्रक्रिया भएको बताएका छन्। “सरकारको निर्णयबाटै पक्राउ गर्ने कुरा सामान्य अभ्यास होइन, यस्तो दुनियाँमा कतै पनि छैन,” उनले भने।

लेखकले यस कदमलाई पूर्वाग्रहपूर्ण भन्दै कानुनी रुपमा लड्ने बताएका छन् । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए । आन्दोलनका क्रममा भएको घटनापछि उनले त्यसबेला पदबाट राजीनामा दिएका थिए।

Logo