ओली-लेखक पक्राउपछि देश संकटतर्फ धकेलियो: महेश बस्नेत

ओली-लेखक पक्राउपछि देश संकटतर्फ धकेलियो: महेश बस्नेत

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमाले सचिव महेश बस्नेतले सरकारको कदमले देशलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यो घटनालाई राजनीतिक प्रतिशोधको उद्देश्यले गरिएको कदम भन्दै आपत्ति जनाएका छन्। यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनाउने खतरा बढाउँने बस्नेतले बताएका छन् ।

बस्नेतले वर्तमान सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यसले राजनीतिक तनाव बढाउने संकेत गरेको बताएका छन्। उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

यसैबीच, एमालेले पक्राउको विरोधमा सडक आन्दोलन सुरु गर्ने तयारी गरेको जनाएको छ। पार्टीले कार्यकर्ता र समर्थकलाई प्रदर्शनमा सहभागी हुन आह्वानसमेत गरेको छ।

Logo