ओली–लेखक पक्राउप्रति जेनजी मुभमेन्टको समर्थन, थप कारबाहीको माग

ओली–लेखक पक्राउप्रति जेनजी मुभमेन्टको समर्थन, थप कारबाहीको माग

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरिएको कदमलाई सकारात्मक रूपमा लिएको छ।

संगठनले विज्ञप्ति जारी गर्दै घटनासँग सम्बन्धित अन्य जिम्मेवार व्यक्तिहरूमाथि पनि छानबिन र कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ।

उनीहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्। कुनै पनि पक्षलाई जोगाउने प्रयास भए त्यसको विरोध गर्ने चेतावनीसमेत दिइएको छ।

यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र आवश्यक कारबाही अगाडि बढाउनुपर्ने संगठनको जोड छ।

Logo