काठमाडौं । ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका प्रदर्शनकारीले माइतीघर क्षेत्रमा सडकमा गुडिरहेका निजी सवारीसाधन तोडफोड गरेका छन् ।
माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा केही प्रदर्शनकारी उग्र बनेपछि घटनाले तनावपूर्ण रूप लिएको हो । सो क्रममा सडकमा गुडिरहेका निजी सवारीसाधनहरूमा क्षति पुगेको बताइएको छ ।
अहिले माइतीघर क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीहरू अवस्था नियन्त्रणमा लिन खटिएका छन् ।





























प्रतिक्रिया