काठमाडौं । नेपाल–भारत मामिलाका जानकार एवं भारतीय प्राध्यापक सुखदेव (एसडी) मुनीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने नेपाल सरकारको कदमको स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा देखाएको तत्परतालाई ‘साहसिक’ कदमको संज्ञा दिएका हुन्।
कार्की आयोगको प्रतिवेदनका आधारमा ओली र लेखकलाई नियन्त्रणमा लिइएको सन्दर्भलाई जोड्दै मुनीले सरकारको यो कार्यले विधिको शासन स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले ट्वीटर (एक्स) मा लेखेका छन्, “बालेन सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै ओली र लेखकलाई पक्राउ गरेर साहसिक कदम चालेको छ।”































प्रतिक्रिया