महेश बस्नेतविरुद्ध कारबाही माग्दै सरकारी वकिल कार्यालयमा धर्ना दिन पुगिन् शोभा पाठक

महेश बस्नेतविरुद्ध कारबाही माग्दै सरकारी वकिल कार्यालयमा धर्ना दिन पुगिन् शोभा पाठक

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । एमाले सचिव महेश बस्नेतविरुद्ध गम्भीर आरोप लगाउँदै शोभा पाठक जिल्ला सरकारी वकिल कार्यालय पुगेकी छन् । आफूले दिएको जाहेरीमाथि सुनुवाइ नभएको भन्दै उनले सरकारी वकिल कार्यालयमै धर्ना दिने चेतावनी दिएकी छन् । पाठकले बस्नेतलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी हुन् ।

उनका अनुसार जबरजस्ती करणी, भ्रूण हत्या लगायतका मुद्दामा जाहेरी दिँदा पनि सरकारी वकिलले मुद्दा अघि नबढाएको आरोप छ । उच्च अदालतले समेत प्रक्रिया अघि बढाउन आदेश दिए पनि कार्यान्वयन नभएको उनको दाबी छ ।

पाठकले जिल्ला प्रहरी परिसर काठमाडौँमा आफूले दर्ता गराएको जाहेरीपमा सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले सुनुवाइ नगरेको र अभियुक्तलाई जोगाउन खोजेको आरोप लगाएकी छन् । ‘न्याय नपाएसम्म फर्किन्नँ’ भन्दै उनले आन्दोलनको चेतावनीसमेत दिएकी छन् । यता, आरोपबारे सरकारी वकिलको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ ।

Logo