वुटवल
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा ट्रिपरको ठक्करवाट एक जना महिलाको मृत्यु भएपछि विहिवार दिनभर शंकरनगर क्षेत्र तनावग्रत बनेको थियो । यस क्षेत्रमा ट्रिपरवाट मानिसको ज्यान जाने क्रम वढेसँगै ट्रिपर संचालनको नयाँ विकल्प खोज्न स्थानियले माग गरेका छन ।
बुटवलवाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ९८३८ नम्बरको ट्रिपरले पुजा गर्न जादै गरेकी महिलालाई जेव्राक्रसिगमा वाटोपार गदै गर्दा ठक्कर दिदा महिला गम्भिर घाईते भएकी थिईन । ट्रिपरको ठकरवाट ८९ वर्षिय विष्णु कुमारी भट्रराईको अवस्था चिन्ताजनक रहेकोमा उपचारको क्रममा भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सासु बुहारी र नाती स्थानिय दुर्गा मन्दीरमा पुजा गर्न जादै गर्दा ट्रिपरले ठक्कर दिएको स्थानियले बताएका छन । ट्रिपरको ठक्करवाट महिला गम्भिर घाईते भएपछि आक्रोसित स्थानियले ट्रिपरमा आगो लगाई दिए पछि स्थिती तनावग्रस्त भएको हो । तनावग्रस्त रहेको उक्त खण्डमा प्रहरीले वल प्रयोग गरि ५ घण्टापछि यातायात सुचारु गराएको हो । सो क्रममा १९ राउण्ड असुरग्याँस प्रहार गर्नु परेको पनि प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया