बर्ड फ्लू जोखिमपछि नेपालगञ्जमा सीमामा कडाइ

बर्ड फ्लू जोखिमपछि नेपालगञ्जमा सीमामा कडाइ

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज। बर्ड फ्लूको जोखिम देखिएपछि बाँकेको नेपालगञ्जसहित सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। खुला सीमाबाट अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला र सेतो अण्डा दैनिकजसो नष्ट गरिँदै आएको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ।

भारतबाट चल्ला तथा अण्डा ल्याउन प्रतिबन्ध लगाइएको छ र सीमामा कडाइ गरिएको अधिकारीहरूले बताएका छन्।प्रहरीको निगरानीपछि अवैध रूपमा ल्याइएका चल्ला छाडेर भाग्ने घटना पनि देखिएको जनाइएको छ। जिल्लामा जोखिम न्यूनीकरणका लागि आन्तरिक ढुवानीमा समेत कडाइ गरिएको छ । दैनिक केही मात्रामा भारतीय कुखुरा नष्ट गरिने गरिएको छ।

पशु सेवा कार्यालयका अनुसार सीमावर्ती क्षेत्रहरूमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई अझ तीव्र बनाइएको छ ।

Logo