काठमाडौं । जेन-जी आन्दोलनका बेला गोली चलाउन आदेश दिने काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका थिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले २३ भदौमा भएको आन्दोलनमा गोली चलाउन आदेश दिएका थिए ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।





























प्रतिक्रिया