चितवन

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

केन्द्रबिन्दु
११ माघ २०७४, बिहीबार
0
Shares

चितवन

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । 

निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, माडी नगरपालिकाका १४३, रत्ननगर नगरपालिकाका १४९ र राप्ती नगरपालिकाका १०२ जना रहेका छन् । 

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासमेत स्थानीय निर्वाचनको खर्च विवरण कार्यालयमा नबुझाइएको ढकालले बताउनुभयो । 

यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खर्च विवरण नबुझाउनेमा बढी संख्यामा स्वतन्त्र उम्मेदवार छन् । 

प्रतिनिधिसभामा स्वतन्त्रतर्फका सात उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने अन्य साना राजनीतिक दलका उम्मेदवार रहेका छन् । यस्तै, प्रदेशसभामा पनि स्वतन्त्र र साना दलका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

खर्च विवरण नबुझाएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि कार्यालयले आग्रह गरेको ढकालले बताउनुभयो । 

खर्च विवरण नबुझाउने उम्मेदवारको कालोसूची प्रकाशित गर्ने ढकालले जानकारी दिनुभयो । रासस

 
 
 
 
 

प्रतिक्रिया

भर्खर

बलिउडका चर्चित निर्माता पहलाज निहलानीको निधन

महोत्तरीका १६ कामदार भारतमा बन्धक

पिसाब फेर्न जाने क्रममा भीरबाट लडेर किशोरको मृत्यु

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु

चिकित्सक लाइसेन्स परीक्षामा रुस र युक्रेनमा अध्ययन गरेकाहरु सबै फेल !

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu