काठमाडाैं । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक गरेको छ । कम्पनीले यस अभियानअन्तर्गत टिभी तथा होम एप्लायन्सहरूमा आकर्षक छुट, उपहार तथा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराउने जनाएको छ।
नयाँ वर्षमा आफ्नो घरलाई अत्याधुनिक प्रविधिले सुसज्जित बनाउन चाहने ग्राहकहरूका लागि लक्षित यस योजनामा सामसुङका ग्लोबल नम्बर १ भिजन एआई टीभी र बेस्पोक एआई होम एप्लायन्सेसको रेन्जमा आकर्षक डिलहरू उपलब्ध गराइएको छ। यस अभियान अन्तर्गत टीभीको खरिदमा २५ प्रतिशतसम्म, वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको नगद छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।
छुटका अतिरिक्त सामसुङले ‘स्योर-सट’ उपहारको पनि व्यवस्था गरेको छ। निश्चित मोडलका टीभी खरिद गर्ने ग्राहकहरूले ३,००० रुपैयाँ बराबरको १२ महिनाको नि:शुल्क नेट टीभी सब्सक्रिप्सन प्राप्त गर्नेछन्। त्यस्तै, निश्चित मोडलका वासिङ मेसिन खरिद गर्दा ६ केजीको ‘सर्फ एक्सेल म्याटिक’ उपहार स्वरूप उपलब्ध गराइनेछ।
यस वर्ष सामसुङले आफ्ना प्रिमियम उत्पादनहरूलाई आम उपभोक्ताको पहुँचमा पुर्याउन विशेष वित्तीय योजना पनि ल्याएको छ। ५०,००० रुपैयाँभन्दा माथिको खरिदमा ४० प्रतिशत डाउन-पेमेन्ट गरी २४ महिनाको ईएमआई सुविधा लिन सकिनेछ, जसले मासिक किस्ताको भारलाई झन्डै आधा कम गर्नेछ। सामसुङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ) मार्फत १२ महिनाको ईएमआईमा शून्य प्रतिशत ब्याजदर र २४ महिनाको योजनामा ७.९९ प्रतिशत अतिरिक्त ब्याजदरमा सामान खरिद गर्न सकिनेछ।
साथै, ग्राहकहरूले आफ्ना पुराना इलेक्ट्रोनिक्स सामानहरू ‘अर्को स्टोर’ वा देशभरका आधिकारिक सामसुङ रिटेल स्टोरहरू मार्फत साटेर नयाँ सामान लैजान सक्ने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।





























प्रतिक्रिया