दोलखा

दोलखाको उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण खरिढुंगामा यातायात अबरुद्ध भएको छ । "/>

दोलखाका अधिकांश भागमा हिमपात : यातायात समेत अवरुद्ध

दोलखाका अधिकांश भागमा हिमपात : यातायात समेत अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

दोलखा

दोलखाको उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण खरिढुंगामा यातायात अबरुद्ध भएको छ । यातायात अबरुद्ध हुँदा काठमाडौंबाट दोलखा फर्कने र राजधानी काठमाडौं प्रवेश गर्ने हजारौँ यात्रुहरु अलपत्र परेका छन् ।

हिजो बिहानै देखि परेको बाक्लो हिमपातका कारण खरिढुंगा क्षेत्रमा सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय सडक निर्माण व्यवसायीको स्काभेटर प्रयोग गरी हिउँ हटाउने तयारी भैरहेको जनाइएको छ । त्यस्तै हिमपातका कारण कालिञ्चोक मन्दिर दर्शन गर्न गएका दर्शनार्थीहरु समेत बीच बाटोमै अलपत्र परेका छन् । सडकमा थुप्रिएको हिउँको कारण यातायातका साधनहरु आवत जावतमा समस्या भएको हो ।

बाक्लो हिमपातले कालिञ्चोकको कुरी घ्याङडाँडा, टुटुवान लगायतका ठाउँहरु सेताम्मे बनेका छन् । त्यस्तै भिमेश्वर नगरपालिकाको खरिढुंगा बोचको माथिल्लो भाग पनि हिउँले पुरै ढाकेको छ । विद्यालय समयमा परेको हिमपातका कारण पठनपाठन समेत प्रभावित भएको सुर्के मावि खरिढुंगाका शिक्षक नवराज घिमिरेले जानकारी दिए । यता शैलुङको भैसे, च्योर्दुङ हनुमन्ते जिरी बजार भन्दा माथिका भागहरुमा समेत ब्यापक हिमपात भएको छ ।

नयाँपत्रिकाबाट

Logo