आजदेखि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

आजदेखि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नेतृत्व फेरिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम रूपमा अदालतको बागडोर सम्हालेकी छन्।

संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीशको पद खाली हुँदा वरिष्ठ न्यायाधीशले जिम्मेवारी लिने व्यवस्था छ। सोही आधारमा मल्ल बुधबारदेखि कार्यवाहक प्रमुख बनेकी हुन्।

अब स्थायी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया भने राजनीतिक र संसदीय चरणतर्फ अघि बढ्नेछ। यसअघि नै न्याय परिषद्ले मल्लसहित ६ जनाको नाम सिफारिस गरिसकेको छ। तर, अन्तिम नियुक्तिका लागि संसदीय सुनुवाइ र राष्ट्रपतिको अनुमोदन आवश्यक हुन्छ।

यसबीच सर्वोच्च अदालत नेतृत्वविहीन नहोस् भन्ने उद्देश्यले अस्थायी व्यवस्था गरिएको हो। अब नयाँ प्रधानन्यायाधीश छनोट कति छिटो हुन्छ भन्नेमा न्यायिक नेतृत्वको स्थायित्व निर्भर रहनेछ।

Skip This
Skip This
Logo