तेल संकट चर्किंदै : इन्धन दोब्बर, उपभोक्ताको ढाड सेकिँदै

तेल संकट चर्किंदै : इन्धन दोब्बर, उपभोक्ताको ढाड सेकिँदै

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेपालमा हवाई इन्धनको मूल्य एकैपटक तीव्र रूपमा बढाइएको छ, जसले समग्र पेट्रोलियम बजारमा थप दबाब सिर्जना गरेको छ। नेपाल आयल निगमले आन्तरिक उडानतर्फको इन्धन मूल्य करिब दोब्बर पुर्‍याएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ पनि उल्लेखनीय वृद्धि गरेको छ।

नयाँ दरअनुसार आन्तरिक हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँबाट बढेर २५१ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट आपूर्ति हुने इन्धनको मूल्य पनि प्रति किलोलिटर ९६६ अमेरिकी डलरबाट १,७८५ डलर पुगेको छ।

यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यसँग प्रत्यक्ष जोडिएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण कच्चा तेलको मूल्य उकालो लाग्दा भारतबाट आयात हुने पेट्रोल, डिजेल र ग्यासको लागत पनि बढेको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ दरअनुसार पेट्रोल, डिजेल र एलपी ग्यासमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। ग्यासमा मात्रै प्रति सिलिण्डर करिब १९० रुपैयाँले लागत बढेको छ, जसले आगामी दिनमा उपभोक्ता मूल्य महँगिन सक्ने संकेत दिएको छ।

हालका लागि निगमले पेट्रोल, डिजेल र ग्यासको खुद्रा मूल्य यथावत राखे पनि निरन्तर घाटा बढ्दै गएको छ। केवल दुई साताको अवधिमा मात्रै निगमले करिब ५ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको छ।

यस अवस्थाले आगामी मूल्य समायोजनमा उपभोक्तामाथि थप भार पर्ने सम्भावना बढाएको छ।

Skip This
Skip This
Logo