एमालेका २५ सांसदले कसलाई चुन्लान् नेता ?

एमालेका २५ सांसदले कसलाई चुन्लान् नेता ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा सहमति जुट्न सकेको छैन।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता चयनका लागि आज मध्याह्नदेखि एमाले सांसदहरूको बैठक बसिरहेको छ। तर सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास भएपनि पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र युवा नेता सुहाङ नेम्वाङ दुवैले संसदीय दलको नेतामा आफ्नो अडान नछाडेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका उपाध्यक्ष बादलको बलियो दाबेदारी देखिन्छ । तर परिवर्तनको लहरमा चुनाव जितेका नेम्वाङ पनि कम छैनन् । उनी युवा पुस्ताका विश्वासिलो पात्र हुन् । प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।

यी हुन् एमालेका सांसदहरू

रामबहादुर थापा मगर
पद्मा अर्याल
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
राजेन्द्र राई
सुहाङ नेम्बाङ
क्षितिज थेवे
ऐन महर
गणेश ठगुन्ना
यज्ञ बहादुर बोगटी
लक्ष्मी प्रसाद पोखरेल
अर्जुन कुमार कार्की
मोहम्मद इस्तियाक राई
गंगादेवी श्रेष्ठ
कुलभक्त शाक्य
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल
कृपाराम राणा
विष्णुमाया वी.के.
नीता घटानी
रिङ्ला यादवयशोधा कुमारी यादव
चन्द्रेश्वर मण्डल
साजिदा सिद्दीकी

Logo